
पूर्णपुष्टि, जेष्ठ, १४
उदयपुर भुल्केका सबै कोरोना संक्रमित हस्पिटल बाट डिस्चार्ज भइसकेका छन् । कोरोना हस्पिटल बिराटनगरमा उपचारमा रहेका सबै संक्रमितहरु कोरोनालाई जितेर आज मंगलबार पर्किसकेका छन् ।
चरणबद्ध रुपमा निको हुदै फर्किएका संक्रमितहरु ३ चोटी गरी फर्किसकेकाछन् । उनिहरुलाई ३ चोटी सम्म पटक पटक परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
उदयपुरको संक्रमित मध्य बाँकी १ जना भने भुल्के समुदाय बाहिर बाट फेला परेका संक्रमित संञ्चारकर्मीको उपचार भइरहेको छ । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको हस्पिटलले जनाएको छ ।
