
पूर्णपुष्टि, बैशाख २ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीय नागरिकहरुको आज स्वाप नमुना संकलन गरिएको छ । उनीहरुसंगै मस्जिदका अन्य चारजनाको पनि स्वाप नमुना लिइएको हो ।
जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार मस्जिदका १२ भारतीय र ४ नेपालीको स्वाप नमुना संकलन गरिएको हो । सुरक्षाकर्मीहरुसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीहरुको टोलीले उनीहरुको स्वाप नमुना लिएको थियो । धर्म प्रचारका लागि आएको बताएका उनीहरु लकडाउन सुरू हुन अघिदेखिकै रहेकाे बताइएकाे छ । लकडाउन सुरू भएपछि राेकिएर बस्नु परेकाे बताइएकाे छ ।
मस्जिदमा भारतीय आएर बसेको स्थानीयले उजुरी गरेपछि प्रशासनले मस्जिदहरुमा खोजी गरेको थियो । खोजीको क्रममा उनीहरु फेला परेका थिए । उनीहरुलाई होम क्वारेन्टाइनको रुपमा बस्न प्रशासनले निर्देशन गरेको छ । गाउँघर तिर हिड्डुल नगर्न भनेको छ ।
उनीहरुको संकलित स्वाप नमुना परिक्षणको रिपोर्ट आएपछि उनीहरुको बारेमा के गर्ने भन्ने कुरा निश्चित हुने प्रशासनले जनाएको छ ।
