
काठमाण्डौँ, चैत २८
भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग घुस लिएको रकमसहित आज बिहान पक्राउ परेको हो ।
गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । पक्राउ परेका झामाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले बताउनु भयो । (रासस)
