Sunday, May 10News That Matters

भेट्टाएको सुन र पैसा आफन्तलाइ बुझाईयो

गाईघाट/ मंसिर १२

साउने काउण्टर अगाडी फेला परेको सुन र पैसा आफन्तलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यलयको रोहवरमा ६ हजार ३ सय ५० रुपयाँ नगद, ९ गेडी सुन र २ ओटा टप सहित प्रस आफन्तलाई जिम्मा लगाएको हो । शनिवार विहान करिव ५ बजेको समयमा काठमाण्डो देखि खोटाङ जाने क्रममा खोटाङ मझुवागढी नगरपालिका खाल्लेका गोपी केसीको सामान रहेको प्रहरीले बताएको छ । 

खोटाङ सिम्पानी जाने यात्रु दिपेस खड्काले गाडी बुझ्न जाने क्रममा प्रस फेला पारेपछि सोधी खोजी गर्दा कसैको नभएपछि प्रहरीलाई खवर गरेको थियो । खबर लगतै प्रहरी हवल्दार वब्लु कुमार झाको टोलीले सामान बुझि सम्बन्धित व्यक्तिहरुको सोधी खोजी गरी उनकी दिदि मिना वस्नेतलाई प्रहरी साहयक निरिक्षक नर प्रसाद पोखरेलको नेतृत्वमा जिम्मा लगाएको छ । 

बिहान गाडी चड्ने क्रममा सामान झारेको थाहा नभएको बाटोमा सामान हराएको थाहा पाएपछि लगत्तै वैनीले आफुलाई फोन गरेको दिदि मिना वस्नेतले बताइन् । उनीले फेला पारी सकुशल सामान बुझाउने दिपेसलाई धन्यवाद सहित केहि नगदले समेत सम्मान गरेको छ । अहिलेको समयमा पनि कोही व्यक्तहरुले आफ्नो इमान्दारीलाई खुलेर प्रस्तुत गर्ने अवस्थामा आफुले पहिलो व्यक्ति भेट्टाएको भन्दै उनलाई प्रहरी र आफन्तहरुले समेत  धन्यवाद व्यक्त गरे ।