Friday, May 22News That Matters

भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने

पूर्णपुष्टि, जेठ ५ गत । 

स्थानीय वायुको प्रभावले गर्दा आज देशको धेरै ठाउँको मौसम आंशिक बदली भएको छ । तर बङ्गालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको प्रभावका कारण भोलिदेखि नेपालको पूर्वी क्षेत्र र मध्यपूर्वी क्षेत्रमा लगातार वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनको समयमा बङ्गालमा यस्ता खालका चक्रवात बन्नु कुनै नौलो भने होईन । मङ्गलबार बेलुकादेखि नेपालको पूर्वी क्षेत्रमा यो चक्रावतको असर पर्ने र लगातार ठूलो वर्षाको सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा भने असर नगर्ने महाशाखाले जनाएको छ ।

यसले गर्दा बाढी र पहिरोको जोखिम हुन सक्छ । अहिले अम्पोन नाम चक्रवातको दिशा नेपालतर्फ सरिरहेको महाशाखाले जनाएको छ ।