Wednesday, June 17News That Matters

भौतिक पूर्वधार मन्त्रीद्धारा देउरी पुल उद्घाटन

पूर्णपुष्टि, भदौ ९
प्रदेश १ का भौतिक पूर्वधार मन्त्रीे हिमाल कार्कीले देउरी खोला आर.सि.सि. पुलको उद्घाटन गरेका छन् । प्रदेश सरकारको चार करोड, चौतिस लाख, चौसठ्ठी हजार, दुई सय बाउन्न रुपैया तेह्र पैसामा बनेको सोे पुल पवित्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको थियो ।७१ मिटर लम्बाई भएको पुलको चौडाई १० मिटर रहेको छ भने स्पान ३ वटा रहेका छन् । २०७७ जेष्ठ १ गते सम्झैता भई २०६८÷१२÷२१ गते निर्माण सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका–५ नम्बरमा रहेको सो पुलले श्रीपुर, दमौटी लगाएतका स्थानका बासिन्दालाई सदरमुकाम सम्म आउजाउ गर्न सहज हुनेछ । पुल निर्माणसँगै नदिको दुवैतर्फ २०० मिटर नदि नियन्त्रण कार्यसमेत गरिएको छ ।भौतिक पूर्वाधार मन्त्री कार्कीले प्रदेश संरचनाको विरोध भई काम नभएको भन्दै संघियताको विरोध हुनेगरेपनि प्रदेश सरकारले जनताका विकासका चाहाना पूरा गर्दै गएको बताएका छन् ।