Friday, June 5News That Matters

मतदाता नामावलीमा मृतकको नाम अझै समावेश

पूर्णपुष्टि, वैशाख २५ गते ।
मृत्यु भइसकेका मतदानाहरुको नाम अझै नामावलीमा समावेश रहेको छ । दाङमा २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम अझै नामावलीमा समावेश छ ।
जिल्ला भएका मतदातामध्ये मृत्यु भएको व्यक्तिहरु पनि समावेश हुन सक्न लम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गहेन्द्र कुँवरले बताए ।
यहाँका स्थानीय तहहरुले विसं २०७४ यता १८ वर्षमाथिका कति जनाको मृत्यु भयो भनी तथ्याङ्क तयार पारेर निर्वाचन आयोगलाई नपठाउँदा मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ ।
‘उपमहानगरपालिकामा मतदाता नामावलीमा नाम भएका कति जनाको मृत्यु भयो भनेर त्यस्तो तथ्याङ्क अहिले निकालेका छैनौं,’ निर्वाचन आयोगलाई पनि पठाएका छैनौं’ घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीले भने ।
निर्वाचन आयोगमा दाबी–विरोध परेकाको तथ्याङ्क मात्रै पठाएको तर मृत्यु भएकाको नपठाएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले बताए ।
मृत्यु भएकाको यसरी नामावली कटाउने प्रणाली भए सजिलो हुने उनको भनाइ छ । जिल्लामा कूल ४ लाख ९ हजार ९ सय मतदाता रहेका छन् । विसं २०७४ मा भएको निर्वाचनमा जिल्लामा ३ लाख ७७ हजार ५ मतदाता थियो ।