Thursday, June 11News That Matters

मतदान स्थल पुगे कर्मचारी

पूर्णपुष्टि, बैशाख २७
स्थानिय तह निर्वाचका मौन अवधि अब केही घण्टामा सुरु हुँदै छ । आज राती बाह्र बजेबाट प्रचारप्रसार लगायतका सम्पुर्ण मतदातालाई प्रभावित पार्ने गतिविधीलाई रोक लगाईएको छ ।

राजनीकि गतिविधिमा रोक लगाएपछी भोट माग्न आउने उम्मेदवारका कारण चलहपहलमा भएको गाउँघर भोलीदेखी शान्त देखिन्छ । तर चुनावमा खटिने जिम्मेवारी पाएका कर्मचारी आफुलाई खटाउने ठाउँमा पुगेसँगै पुन चहलपहल शुरु भएको उदयपुरका अधिकाशं मतदान स्थल तथा केन्द्रमा मतदान सम्पन्न गर्ने जिम्मेवारी पाएका कर्मचारी तोकिएको क्षेत्रमा पुगिसकेको जनकारी दिनुभयो ।

उहाँका अनुसार अब कर्मचारीले मतदानका लागी आवश्यक व्यवस्थापन गर्ने छन् । निर्वाचन कार्यालय तथा मुख्य कार्यालय निर्वाचन कार्यालयबाट यसअघी नै कर्मचारीले मतपेटिका, मतपत्रसहितका सामाग्री लगिसकेका छन भने खटिने कर्मचारीलाई प्रयोगात्मक ज्ञान सहितको तालिम समेत कार्यालयले प्रदान गरिसकेको छ । उदयपुरमा रहेका ८ पालिका ९८ मतदान स्थल रहेका छन् ।