Sunday, June 21News That Matters

मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष राउत चढेको गाडीले ठक्कर दिएका दुई घातईते, बिराटनगरमा उपचार हुँदै

पूर्णपुष्टि, जेष्ठ २१

मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष भागत राउत चढेको गाडीले ठक्कर दिँदा दुई जना घाईते भएका छन् । निषेधाज्ञाको समयमा तिन दिन अघी गाईघाट बाट काठमाण्डौँ जाने क्रममा उदयपुरगढी गाउँपालिका -६ मा मोटरसाईकललाई ठक्कर दिँदा मोटर साईकल चालक र मोटरसाईकल पछाडी सवार  घाईते भएक हुन् । घाईते दुवैलाई उपचारको लागि बिराटनगर लगिएको छ । परिवारका अनुसार दुवैजनाको आईसियुमा राखेर उपचरा भईरहेको जनाएको छ ।

घाईते हुनेमा मोटर साइकल चालक उयपुरगढी गाउँपालिका ६ बस्ने ठटबहादुर राई र अमृत तामाङ्ग रहेका छन् । उनीहरुको गाईघाट जिल्ला अस्पतालमा उपचारपछि थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।

बुधबार साँझ ६ः४० बजेको समयमा बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।

मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको गाडीलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले घाईतेहरु अहिले सामान्य अवस्थामा रहेको र अहिले चालकलाई पनि घाईतेको आफन्तसँग जिम्मा लगाएर उपचारमा खटाइएको बताउनुभयो । गौतमले घाईते उपचारबाट फर्किए पश्चात दुवै पक्षलाई राखि छलफल गराउने बताउनुभयो ।

कार प्रेस लेखेर चलाइएको खुलेको छ । कटारी प्रहरी स्रोतका अनुसार कारमा प्रेस लेखेको पाइएको जानकारी दिएका छन् । कारमा प्रेस  चलाएको बारेमा इलाकाप्रहरी कार्यालयका कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउन चाहेनन् ।

यता प्रहरी नियन्त्रणमा रहेको कारमा प्रेस  टासेर नभई सवारी पास रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी दाहालले जानकारी दिनुभयो । ‘कहिले काँही पत्रकारहरुले गाडी प्रयोग गरेको हुन सक्ने तर जिल्लामा ल्याएको गाडीमा प्रेस नलेखेको दाहालले बताउनुभयो ।

कारमा केही दिनदेखि नै प्रेस लेखेर चलाई रहेको रहस्य समेत खुलेको छ ।  कारमा प्रेस लेखेर चलाई रहेको देखेको जिल्ला अनुसन्धान कार्यालयका एक कर्मचारीले भने । उनले भने, ‘बुधबार विहानसम्म गाईघाटमा त्यही कारमा प्रेस लेखेको मैले देखेको थिए ।’ गाडीमा राउत सँगै राउतका श्रीमति र छोरा पनि थिए । चालकमा राउत आफै रहेको प्रहरीले जानकारी दिए ।