Sunday, May 3News That Matters

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतले सतिश सिंहलाई पठाउने

पूर्णपुष्टि, जेठ २४ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिश सिंहलाई पठाउने तयारी गरेको छ । जनमतले प्रदेश सांसद सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सत्ता घटक दलको समर्थनमा बहुमत सहित आजै (बिहिबार) प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष दाबी पेश गर्ने भएको हो ।

यसअघि मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भइरहेका बेला जनमतले सिंहको नाम मुख्यमन्त्रीमा सारेको हो ।  जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को १ बाट सिंह प्रदेश सांसदमा निर्वाचित भएका हुन् । संसदीय दलका नेता यादव मधेश प्रदेश सरकारमा मन्त्री भइसकेको र सिंह भने राउतकै क्षेत्रको १ बाट निर्वाचित भएकाले मुख्यमन्त्रीमा उनलाई अवसर दिइएको एक नेताले बताए । यादव मधेश प्रदेश सरकारमा यसअघि शिक्षा तथा संस्कृति मन्त्री भइसकेका छन् ।