
पूर्णपुष्टि,फागुन २ । मधेशी समाज उदयपुरको नयाँ कार्यसमितिले सपथ लिएको छ । मंगलबार गाईघाट स्थित होटल आरएनमा एक कार्यक्रमको बिच कार्यसमितिलाई सपथ खुवाईएका हो । समितिलाई निर्वाचन समिति संयोजक राजेन्द्र प्रसाद साहाले सपथ खुवाएका थिए ।

उदयपुरमा मधेशी समाजको प्रथम जिल्ला अधिवेशन १ गते भएको थियो । उक्त अधिवेशनबाट गजेन्द्र कुमार भगतको नेतृत्वमा १५ जना नयाँ कार्यसमित छानिएका थिए । बरिष्ट उपाध्यक्ष रामभक्त यादव, महिला उपाध्यक्ष महेना खातुन, महा–सचिवमा ललित साह सोनारलाई चयन गरिएका हुन् । कार्यसमितिको सचिवमा सत्रुधन साह र कोषाध्यक्ष पदमा ओम प्रकाश गुप्ता रौनियारलाई सर्वसहमत चयन गरिएको हो ।
यता सदस्यहरुमा क्रमस अर्जुन कुमार चौधरी कलवार, राम सुधिर मिश्र, सन्तोष कुमार साहु रौनियार, सिला कुमारी महतो, सुनिल कुमार महतो, अजय कुमार साह र रिंकु शर्मा रहेका छन् । क्षेत्रीय उपाध्यक्षमा क्षेत्र नं. १ का लागि कृष्ण प्रसाद रौनियार र क्षेत्र नम्बर २ का तर्फबाट सुरेन्द्र प्रसाद जयसवाललाई चुनिएका हुन् ।

