
पूर्णपुष्टि, असार २१ । पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किरातीले प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् । यसअघि असार ११ गते सोधेको ९ बुँदे प्रश्नको जवाफ नदिएपछि मन्त्रालयले अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको हो ।
पर्यटन मन्त्रालयले बुधबारको मन्त्रिस्तरिय निर्णयबाट ‘सात दिनको समय राखेर सोधिएको जवाफ के कति कारणले जवाफ नदिएको हो’ भन्ने बारेमा तिन दिनको समय राखेर स्पष्ट जवाफ दिन महानिर्देशकलाई निर्देशन दिएको छ । यदी तिन दिन भित्रमा मन्त्रालयमा आईपुग्ने गरी स्पष्ट जवाफ नदिए कानुन बमोजिम प्रकिया अघि बढ्ने मन्त्रालयको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
