Saturday, June 13News That Matters

मलामी गएका १३ जना हराएको पुष्टि

पूर्णपुष्टि, असोज २४ गते ।
मलामी गएका १३ जना हराएका छन् । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिएका छन् ।
पहिरोको जोखिममा गाउँका अन्य घरहरु पनि रहेकाले केही स्थानीयवासीले कालिका माविमा आश्रय लिएर बसेको शर्माले बताए । उक्त स्थानमा करिब १ सय घर रहेका छन् । जसमध्ये बालबालिकासहित अनुमानित ५ सयले स्कुलमा आश्रय लिएको शर्माले बताए । मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए ।