Tuesday, June 9News That Matters

महिला भलिवल रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन लिम्चुङको महिला टोली भोजपुर प्रस्थान

पूर्णपुष्टि, चैत २ । अन्तर गाउँपालिका तथा नगरपालिका महिला भलिवल रनिङ शिल्ड प्रतियोगिताका लागि उदयपुरको लिम्चुङबुङबाट महिला खेलाडीहरु भोजपुर तर्फ प्रस्थान गरेका छन् ।

चैत्र २ गते बाट सुरु भोजपुरको हतुवागढी गाउँपालिका स्थित सगरमाथा मा.वि मा संञ्चालित महिला तथा पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउन उदयपुरबाट लिम्चुङबुङको महिला टोली भोजपुर प्रस्थान गरेको कोच अमिन राईले जनाए । राईका अनुसार यहाँबाट महिला टोली मात्र सहभागी हुने छन् ।

हतुवागढी खेलकुद विकास समिति घोडेटारको आयोजना तथा हतुवागढी गाउँपालिकाको कार्यालय घोडेटारको प्रायोजकमा प्रतियोगिता संञ्चालन गरिएको छ । प्रतियोगितामा पूरुष तर्फको विजेताले १५५,५५५ रुपैँया नगद पुरस्कार र उपविजेताले १०५,५५५ रुपैँया नगद पुरस्कार पाउने छन् भने महिला तर्फको विजेताले ८०,५५५ रुपैँया नगद पुरस्कार र उपविजेताले ५०,५५५ रुपैँया नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । ५ गते सम्म सञ्चालन हुने प्रतियोगिता नकआउटको आधारमा खेलाईने छ ।