
गाईघाट/फागुन, २४
त्रियुगा नगरपालिका वडा नं १३ ले वडाका महिलाहरुलाई २ दिने एड्भान्स व्युटिसियन तालिम दिइएको छ । महिलाहरुको क्षमता सिपको बृद्धि विकास सँगै आत्मनिर्भरमुखी बनाउन वडाले महिलाहरु सम्बन्धि बिभिन्न उपयोगी मुलक कार्यक्रमहरु संञ्चालन गर्दै आईरहेको अवस्थामा ब्युटिसियन तालिमलाई पनि अगाडी बढाएको हो ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पशुपति चौधरीले महिलाहरु जब आर्थिक रुपमा सक्षम हुदैन त्यस अवस्था सम्म परिवार, समाज र राष्ट्र सफल नहुने कुरा बुझाउनु भएको छ । जस्ले गर्दा पनि वडाले महिलाहरुको सफल भविष्य सँगै समाज राष्ट्र र परिवारलाई समृद्ध बनाउन महिलाहरुको निम्ति बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले सिकेको सिपलाई सहभागीहरुले पूर्ण पालना र सदुपयोग गर्ने कुरामा ढुक्क रहेको बताउँदै सफल व्यवसायी बन्न शुभकामना गर्नुभएको छ ।
सहभागीहरुलाई पहिले नै बेसिक तालिम गराईसकेको र अझै पूर्ण सिकाइ र व्यवसायीकरणको लागि सहभागीहरु मार्फत नै एड्भान्स तालिमको समेत माग भई आएको कारण एड्भान्सलाई निरन्तर दिएको सिजा ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरकी संञ्चालीका तथा प्रशिक्षक सृजना बस्नेतले बताउनुभयो । तालिम त्रियुगा नगरपालिका वडा न. १३ को सहयोग र सृजा ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा सञ्चालन भएको हो । ।
