
पूर्णपुष्टि, ७ फागुन ।
गाईघाट बरुवा बसपार्कमा संञ्चालन भैरहेको दोस्रो प्रदेश महोत्सवको आज साँतौ दिन । यस महोत्सवले बिषेशगरी कृषि, पर्यटन, ब्यापार, बिकास जस्ता लक्ष राखेको छ । महोत्सवको छैँटो दिन सम्म करिब ७० बजार भन्दा बढीले महोत्सवक अबलोकन गरेको आयोजकको भनाई छ । त्रियुगा उद्योग बाणिज्य संघका माहासचिव दिनेश श्रेष्ठले महोत्सवमा झण्डै ६० लाख बराबरको कारोबार भएको जनाए । महोत्सवलाई बिषेशगरी स्टल, सांगितिक कार्यक्रम, खेल उद्यम जस्ताले मनोरञ्जन दिएको छ । २ सय भन्दा बढी स्टलहरु राखिएकोमा ४० ओटा स्टल निशुल्क राखिएको छ । उक्त स्टलमा स्थानय उतपादित वस्तुलाई प्राथामिकता दिईएको छ ।

