Thursday, June 4News That Matters

माओवादी केन्द्रले कहिले गर्ने कारवाही ?

पूर्णपुष्टि, बैशाख १८
उदयपुरमा माओवादी केन्द्रले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने कसैलाई पनि कारवाही गरेको छैन । कांग्रेस, एमालेले बागी उम्मेदवारी दिने नेता कार्याकर्तालाई पार्टीबाट निस्कासित गरिसकेपनि माओवादीले भने अहिलेसम्म कसैलाई कारवाही गरेको जानकारी गरेको छैन् । उदयपुरमा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिकाको उपप्रमुखमा सावित्री थापा, कटारी नगरपलिकामा गठबन्धन विरुद्ध कृष्ण प्रसाद बराल र लिम्चुबुङ गाउँपालिकामा अध्यक्ष विरुद्ध होम राईले बागी उम्मेदवारी दिएका छन् ।