
पूर्णपुष्टि, फागुन २१ । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने भएका छन् । माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै छन् ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डको) निर्देशन पछि माओवादीले विश्वासको मत दिने भएको हो । हिजो सुदूरपश्चिम माओवादी केन्द्रका संसदीय दलले पत्र लेखेर विश्वासको मत दिने नदिने भन्ने बारेमा पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेको थियो । त्यसपछि प्रचण्डले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका थिए ।
विश्वासको मत दिन निर्देशन आएको र भागवण्डा, पावर सेयरिङको विषयमा पनि माथिबाट नै टुङ्गो लागेको सुदूरपश्चिम माओवादीका नेता खगराज भट्टले बताए । प्रचण्डको निर्देशनपछि अहिले माओवादी केन्द्र दलको बैठक बस्ने तयारीमा छ । उक्त बैठकले सोही निर्णय सदर गर्ने बुझिएको छ ।
