Tuesday, June 9News That Matters

माछालाई थापेको जालमा अजिङ्गर परेपछि…

पूर्णपुष्टि, भदौ ११
झापा गाउँपालिका–७ स्थित सानो माई खोलामा स्थानियले माछा मार्न थापेको जालमा अजिङ्गर परेको छ । अन्दाजी २० केजी तौलको अजिङ्गर फेला परेको हो।स्थानिय सोम मुर्मु, सोम हेमरम, आसिक मुर्मु, लुखिराम मुर्मु र सुनिल मुर्मुले खोलामा माछा मार्न थापेको जालमा बिहिबार बेलुका ९ बजे अजिङ्गर परेको थियो । उनिहरुले सो अजिङ्गरलाई जालमै पोको पारेर घर ल्याएका थिए । स्थानीयलेहरुले शुक्रबार बिहान पन्थापाडा प्रहरी चौकीलाई खबर गरी स्थानीय रानी सामुदायिक वन उपभोक्ता समितिलाई अजिङ्गर जिम्मा लगाएको छ । रानी वनले उक्त अजिङ्गरको संरक्षण गर्ने जनाएको छ। यसअघि पनि रानी सामुदायिक वनले आफ्नो परिसर भित्रको खोरमा दुईवटा अजिङ्गर राखेको थियो । तर, दुवै अजिङ्गर खोरबाट फुत्केर भागेको स्थानीयले बताए ।