
पूर्णपुष्टि, साउन १९
मालपोत कार्यालय उदयपुरमा १ हप्ताका लागि सेवा बन्द गरिएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा पनि मिल्दो जुल्दो लक्षण देखा परेको भन्दै एक हप्ताको लागि सेवा बन्द गरिएको सम्बन्धि कार्यालयले सूचना प्रकाशन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको १९ गतेको पत्र अनुसार कर्मचारी र सेवाग्राहिहरुमा थप संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालयको सम्पूर्ण काम कार्वाही ठप्प पार्न निर्देशन आए अनुसार सेवा ठप्प हुने भएको पत्रमा उल्लेख गरिएको छ ।
प्रशासनले १९ गते बाट २५ गते सम्म सेवा बन्द गर्न निर्देशन दिएको पत्रमा भनिएको छ । कार्यालयको आन्तरिक काम कार्य बाहेक सम्पूर्ण सेवाहरु एक साता सम्म ठप्प पारिएको छ ।

