Friday, June 12News That Matters

माहामारीको आडमा सरकारको प्रतिगमनलाई सामाजिक संञ्जालबाटै बिरोध गर्ने काँग्रेसको निष्कर्ष

पूर्णपुष्टि, जेष्ठ १२

कोरोना भाईरसको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे नेपाली कांग्रेसले आरोप लगाएको छ । कोभिड १९ संक्रमणको रोकथाम गर्नु भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष कांग्रेसले निकालेको हो ।

आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको कांग्रेसको ठहर छ ।

सरकारले गरेको प्रतिगमनको बिरोधलाई नेपाली कांग्रेसले सामाजिक संञ्जालकै माध्यमबाट भएपनि बिरोध गर्ने जनाएको छ । अहिलेको परिस्थितिलाई नियाल्दै सत्ता टिकाउन सरकारले माहामारीको आड लिएको कांग्रेसको आरोप छ ।

काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसेको थियो । पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ । ‘न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।’ महतले भने,

महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवंम भत्र्सना गरेको नेता महतले जानकारी दिए ।

काँग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।