Wednesday, May 27News That Matters

माहाशिवरात्रीको दिन “बहेडुवा होम स्टे” मा बयलगढी सफारी

पूर्णपुष्टि, १४ फागुन ।
उदयपुर जिल्लाकै प्रख्यात  त्रियुगा नगरपालिका १३ स्थित रहेको बहेडुवा होम स्टेले पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक भवन निर्माण गर्ने भएको छ । थप आकर्षणको प्रकारलाई बढाउन थारु संस्कार संस्कृतिमा आधारित सांस्कृतिक भवन निर्माण गर्ने भएको हो । सोही भवन निर्माणको लागि होम स्टे यतिवेला आर्थिक संकलनमा जुटेको छ । होम स्टेमा आएको आम्दानीको १० प्रतिशत सांस्कृतिक भवनलाई छुटाईएको छ । तर यतिले मात्रै भवन निर्माण हुन नसक्ने भन्दै यहि फागुन २५ गते माहाशिवरात्रीको अवसर पारेर लोपन्मुख भैसकेको बयलगढी सफारी गर्ने भएको हो ।

होम स्टे संञ्चालक समितिका अध्यक्ष भगवान सिंह चौधरीले बयलगढी सफारीमा आएको आम्दानीले संस्कृतिक भवन निर्माण गरिने जनाए । सफारीमा जति आम्दानी हुन्छ त्यो सबै भवन निर्माणको लागि खर्च गरिने चौधरीले बताए । यहि फागुन २५ गते शुक्रबार शिवरात्रीको अवसर पारी बयलगढीको सुभारम्भ गरिने अध्यक्ष चौधरीले जानकारी दिएको छ ।

कार्यक्रम व्यवस्थापन प्रभा चौधरीले बयलगढी सफारीको शुल्क प्रति व्यक्ति रु १ सय, थारु भेषभुषा सहित रु २५० रहेको जनाईन् । यता २ किलो मिटर रिजर्भको लागि भने रु ५ सय शुल्क लाग्ने चोधरीले जनाईन् । सोहि दिन २ सयमा थारु परिकारका खाजाहरु जति पनि खान सकिने छ । थारु परिकारका खाजा सो दिन असिमित रुपमा रु २ सयमै जतिपनि खान सकिने जनाईएको छ । बयलगढी सफारी पछिल्लो समय लोप हुँदै गएको अवस्था छ । यसको संरुक्षण र प्रवद्र्धनको निम्ति पनि बयलगढी सफारी आयोजना गर्न लागिएको होम स्टे सल्लाहकार उत्तिमलाल चौधरीले जनाए । कार्यक्रममा सहभागी भै सफारीको मज्जा लिन चौधरीले सल्लाह पनि दिएको छ । कार्यक्रम बिहान ७ बजेदेखी बेलुका ६ बजे सम्म हुने भएको छ ।