
पूर्णपुष्टि, साउन १९ । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन्। शनिबार सम्पन्न भएको ग्राण्ड फिनालेमा केसीलाई यो प्रतिष्ठित उपाधि प्रदान गरिएको हो।
विजेता केसीलाई गत वर्षकी मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरिन्। यस प्रतियोगितामा अन्य दुई महत्वपूर्ण उपाधिहरू पनि प्रदान गरिए।
मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले हात पारिन् भने मिस नेपाल इन्टरनेशनल २०२४ को उपाधि करुणा रावतले जितिन्। यो प्रतियोगिताले नेपाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। विजेताहरूले आगामी दिनमा विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा संलग्न हुने अपेक्षा गरिएको
