Tuesday, June 9News That Matters

‘मिसन ग्रासरुट अभियानले अस्थिरता अन्त्य गर्न सहयोग पुग्छ : गौतम

पूर्णपुष्टि, फागनु १४ ।
नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्र्चाज राजेन्द्र गौतमले ‘मिसन ग्रासरुट अभियान अस्थिरता अन्त्यका लागि भएको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको दुई महिने ग्रासरुट अभियानको सुरुवात गर्न उदयपु आईपुगेका गौतमले आईतबार प्रेस चौतारी नेपालले आयोजना गरको पत्रकार भेटघाटमा आगामी निर्वाचनमा एमाले बलियो शक्तिको रुपमा स्थापीत हुने बताए ।

स्थिर सरकार बिना विकास सम्भव नहुने भन्दै उनले सरकारलाई स्थायीत्व दिनका लागि मिसन ग्रासरुट अभियानले सहयोग पुग्ने बताए । उनले भने, ‘यो अभियानमा हामीले सदस्यता विस्तार, नविकरण, बैठक, अन्तरक्रिया, प्रशिक्षण, पार्टी सञ्चालन सम्बन्धि अनुशिक्षण, विकासका मोडालिटी, महाधिवेशनको कार्यदिसा लगायतका ११ वटा बिषय बस्तु लिएर जनताको घरघरमा पुग्छौ, जसले जनतासँग प्रत्यक्ष संम्बाद हुनेछ ।
अभियानले पार्टी सँंगठन सुदृढिकरण, वैचारिक स्पष्टता, कमिटी चुस्तदुरुस्त र पार्टी भित्रको अन्तरविरोधको अन्त्य हुने लक्ष्य लिइएको उनले बताए । इन्र्चाज गौतमले सम्बन्धित जिल्ला र भुगोलका नेताहरुलाई अभियानमा खटाउँदा आन्तरिक अन्तरविरोध सम्बोधन नहुने भएकाले फरक जिल्ला र भुगोलका नेतालाई जिम्वेवारी दिएको बताए ।
अभियानहरु सञ्चालन नहुँदा पार्टी सँगठन, नेता, कार्यकर्तामा वैचारिक स्खलन हुँदै गएको, संगठनका आधारस्तम्भहरु भत्किदै गुटगत र अराजक प्रवृति मौलाउँदै गएकाले सबैखाले समस्याको समाधान गर्न अभियान सञ्चालन गर्नु परेको उनले बताए । राष्ट्रपति निर्वाचनको प्रंशङ्गमा उनले भने, ‘राष्ट्रपति एमालेका उमेदवार सुबास नेम्वाङ्ग नै हुन हुन्छ ढुक्क हुनुहोस । राष्ट्रपति निर्वाचनमा सत्तारुढ गढबन्धन भत्किदा पनि सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट किन नवाहिरिएको भन्ने प्रशङ्गमा नेता गौतमले भने, ‘हामी पर्ख र हेरको अवश्थामा छौ, जुन कुरा फागुन २५ ले निर्धारण गर्नेछ