
पूर्णपुष्टि, १४ असार ।
हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार यतिवेला अल्पमतमा छ । जसपा र माओवादी केन्द्रले कार्की नेतृत्वको सरकार छाडेपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो । कार्कीले की त राजीनामा दिनु पर्ने हुन्छ यात विश्वासको मत लिनु पर्ने अवस्था छ । विश्वासको मत लिने समय असार १७ गते सम्मलाई छ । कार्कीले आफु राजीनामा नदिने विश्वासको मत लिने जनाएको छ । तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत भने नदिने निर्णय गरेका छन् ।
गत असार ११ गते काठमाडौंमा बसेको कांग्रेस, माओवादी र जसपाको संयुक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने निर्णय गरेको थियो । सोही बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ ।
यता, नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीले राख्ने विश्वासको मतको विपक्षमा मत जाहेर गर्ने निर्णय गरेको छ । उक्त दलका बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
