Sunday, May 3News That Matters

मुख्यमन्त्री कार्कीद्धारा बैधनाथ खोला सडक पुलको उद्घाटन

पूर्णपुष्टि, चैत्र १९ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उदयपुरको कटारी नगरपालिकास्थित बैधनाथ खोला पक्कि सडक पुलको उद्घाटन गरेका छन् ।

सोमबार मुख्यमन्त्री कार्कीले कटारी नगरपालिका वडा नं. ६ र ७ सोमवारे–रिस्कु जोड्ने बैधनाथ खोला सडक पुलको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १४ करोड भन्दा बढी लागतमा निर्माण भएको पुलको कुल लम्बाई ८४.२० मिटर छ भने कुल चौडाई ८.४० मिटर रहेको छ । पुलको क्यारिज वे चौडाई ६ मिटर र फुट्फथको चौडाई दुवै तर्फ १.२० मिटर रहेको छ ।

गत बर्ष पुलको ठेक्का लिएको KM Engineers Biilders Pvt.Ltd ले प्रादेशिक सडकपुल सहयोग एकाई इटहरीको प्राविधिक सहयोगमा २०८०÷१२÷१७ गते पुल सम्पन्न गरेको हो । २०७९÷०९÷० ७ गते पुलको ठेक्का सम्झौता गरिएको थियो भने २०८१÷०९÷०७ गते भित्र निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा चाडै पुल निर्माण सम्पन्न गरेको हो ।