Thursday, May 28News That Matters

मुख्यमन्त्री राइले भुल्केबाट भने – काेराेना पराजित हुन्छ

पूर्णपुष्टि, वैशाख १३ ।

१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुभित्र रहेको बताउनु भएको छ । देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरको भुल्केको अनुगमनका लागि आज आउनु भएका मन्त्री राईले कोरोना भाइरस विरुद्ध लड्न उच्चस्तरको तयारी रहेकाले अहिले काबुभित्र रहेको बताउनु भयो ।

कोरोना संक्रमण नियन्त्रण हुनेमा पूर्ण विस्वास व्यक्त गर्दै उहाँले कोरोना विरुद्धको तयारी राम्रो भएकोले प्रदेश सरकार विचलित नभएको बताउनुभयो ।

अवका दिनमा पनि कोरोनाको संक्रमणलाई काबुमा राखेर व्यवस्थापन तथा पराजित गर्न सक्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश सरकार रातदिन क्रियाशिल रहेको बताउनुभयो ।

उहाँले कोरोना विरुद्धको अवको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने बताउनुभयो । संक्रमण कहाँबाट सर्यो वा सुरु भो, त्यसको पहिचान गरी सम्भावित जोखिम क्षेत्रलाई अझ कडाइ गर्ने र नियन्त्रण गर्ने उहाँले बताउनुभयो । नियन्त्रित क्षेत्रमा कोरोना मुक्त एरिया घोषणा गर्दै, अगाडी बढ्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राइले प्रदेशमा कसैलाइ भाेकले मर्न नदिने बचन पनि दिनु भयाे । स्थानीय सरकारकाे खाद्यन्नले नधानेमा प्रदेशले जनतालाइ उपलब्ध गराउने उहाँले बताउनुभयाे । काेराेना नियन्त्रणलाइ लकडाउनकाे पूर्णपालना गरिदिन अनुराेध पनि गर्नुभयाे ।

मुख्यमन्त्री संगै अनुगमन आउनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर सम्बेदनशील क्षेत्र परेकाले सुरक्षा व्यवस्था थप कडाइका लागि सुरक्षाकर्मी थप र स्रोत साधनको उपलब्धता गराउदै लगिएको बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर देशकै सबैभन्दा बढि प्रभावित क्षेत्र भएकाले यहाँ आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमी हुन नदिइने बताउनुभयो । जिल्ला अस्पताललाई बृद्धि विकासका लागि नेपाल सरकारले नै १ करोड उपलब्ध् गराईसकेको जानकारी दिदै उहाँले कोरोना अस्पतालको रुपमा विकास गर्नेबारे विशेष छलफल र विश्लेषण गरेर निर्णय गरिने उहाँले बताउनुभयो । कोरोना अस्पताल बनाउन अन्य विरामीहरुले उपचारमा समस्या वा जोखिम आइपर्ने भएकाले सोच विचार गरेर मात्र निष्कर्षमा पुगिने बताउनुभयो ।

मख्यमन्त्री तथा मन्त्रीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भुल्के र समग्र जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।

भोजपुरको कोरोना अवस्थाको अवलोकन तथा अध्ययन पछि उदयपुरको भुल्के आइपुगेका मुख्यमन्त्री राईले आजै उदयपुरको कटारी नगरपालिका १ बेलसोत स्थित बेलसोत प्रदेश क्वारेन्टाइनको अवलोकन गर्नुभयो । उक्त क्वारेन्टाइनलाई सुविधा सम्पन्न आइसोलेशन अस्पतालको रुपमा विकास गर्न अध्यायनका लागि उहाँ जानु भएको छ ।

तस्विरहरू :