Sunday, June 28News That Matters

मुढाले लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, चैत ८ 

म्याग्दीमा काठको मुढाले लागेर एक जनाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको मुढाले लाग्दा मृत्यु भएको हो ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।