Wednesday, July 8News That Matters

रौता जनता क्याम्पस मुर्कुचीले स्नातक तहको पढाई आफ्नै भवनमा सुरु गर्यो

पूर्णपुष्टि, पुष १३
रौता जनता क्याम्पस मुर्कचुीका स्नातक तहका विद्यार्थीहरुले आफ्नै भवन पाएका छन् । करिब १० बर्ष पछि जनता क्ययाम्पस मुर्कुचीले स्नातक तहका विद्यार्थीहरुलाई पनि आफ्नै भवनमा पठनपाठन गराउन सुरु गरेको हो । उक्त क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका संघिय सांसद अम्बर बहादुर रायमाझीले विद्यार्थीहरुलाई अबिर माला लगायर पठनपाठनमा सामेल गराएका हुन् ।

लामो समयदेखी भवनको अभावमा पढ्दै आएको विद्यार्थीहरुले अब भने सुविधा सम्पन्न दुई तल्ले भवन पाएको छ । मुर्कुची ७ राजावासमा रहेको करिब ४ बिघा जमिनमा बिभिन्न सुविद्याहरुको मध्यनजर सहित शान्त वातावरणमा भवन निर्माण भएको क्याम्पसका प्र.अ. माद्यव वहादुर राउतले जनाए । लामो समयदेखी स्कुलकै कोठाहरुमा मिलाएर पढाउँदै आएका विद्यार्थीहरुलाई अब भने पठनपाठन योग्य आफ्नै भवनमा सारिएको राउतले जनाए । राउतका अनुसार अहिले स्नातक तहमा महिला पुरुष गरी जम्मा ८७ जना विद्यार्थीहरु रहेको जनाए ।
रौतामाई ७ मुर्कुचीका वडाअध्यक्ष मनोज रानाले विद्यालयलाई वडाको पुर्ण सहयोग रहने बताए । वडाको वजेटको आकारमा त्यस क्याम्पसलाई गर्न सक्ने सम्वाभित सहयोगबाट आफु पछि नहट्ने जनाए । उनले त्यस क्षेत्रमा एउटा सुविधा सम्पन्न भवनको आवश्यकता सबैले गर्दै आएको हुँदा यसलाई सरकार पक्षका संघ, स्थानीय र प्रदेश तिनै तहबाट सहयोग हुनु पर्नेमा माग समेत गरे । रानाले सानो तिनो सहयोग र समन्वयका लागि वडाले पनि पहल गर्नेमा जोड गरे ।

सांमसद रायमाझीले उक्त क्याम्पसलाई थप व्यवस्थापन गर्ने जनाएका छन् । उनले भवनहरुले पूर्णता नपाईसकेको समेत जनाए । अन्य भौतिक संरचना र नवनिर्मित भवन पनि पूर्ण सम्पन्न नभएको जनाए । उक्त भवन निर्माणका लागि विद्यालय, वन समुदाय, विद्यालय व्यवस्थापन समिति, प्रदेश र संघका पूर्व सांसदहरु, स्थानीय सरकार, वन समुदाय लगायत स्थानीयवासीहरु सहितको पहल र संघर्षमा निर्माण हुन सफल भएको जनाए ।

रायमाझीले त्यस क्याम्पसलाई तिन तहमा व्यवस्थापन गरिने जनाए । माथिल्लो आर्थत पहिलो एरियामा, प्रशासनिक भवन, दोस्रोमा खेल मैदान र तेस्रोमा शिक्षक भवन तथा चमेनागृह जस्ता कुराहरु व्यवस्थापन गरिने जनाए । उनले थप आवश्यक सहयोगका लागि आफुले गर्ने कार्यलाई निरन्तरता दिने जनाए । त्यहाँ विद्युत व्यवस्थापन, खानेपानी, र सडक व्यवस्थालाई पनि ध्यान दिने जनाए । साथै यी सम्पूर्ण वस्तु सँगै क्याम्पसमा सबै भन्दा पहिलो महत्वपूर्ण बिषय गुनस्तरी शिक्षामा ध्यान पुराउनु पर्ने जनाए । त्यसका लागि आवश्यक बिषयगत शिक्षा, बिषयगत शिक्षकको व्यवस्था जस्ता कुराहरुलाई पनि ध्यानमा राख्ने जनाए । यता क्याम्पसले तत्कालीन समस्याहरु सुनाउँदै पहिलो चरणमा खाने पानीको अभाव रहेको बताए । पानीको समस्या सामधान गर्न क्याम्पसले सम्बन्धित क्षेत्र खानेपानीका अध्यक्षलाई अनुरोध समेत गरे । साथै यसका लागि अन्य निकायहरु पनि सहयोगमा लाग्नु पर्ने जनाए ।

सोही क्याम्पसमा अध्यानरत विद्यार्थीहरुले आफ्नै भवनमा पढ्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनिहरुले लामो समय देखी अन्य कोठाहरुमा पढ्दा क्याम्पसमैत्री बातावरण नभएको सुनाउँदै आफ्नै भवनको बारेमा खुसी जनाए । उनिहरुले विद्यालय तथा विद्यालय व्यवस्थापन समितिलाई स्कुल वसको माग समेत गरे । टढाटाडा बाट समेत विद्यार्थीहरु पढ्न आउनु पर्ने हुँदा एउटा स्कुल वस व्यवस्था भए शिक्षामा गुनस्तर र सुविधा हुने क्याम्पसका छात्रा सुम्मा कुमारी सार्कीले बताईन् ।
उक्त कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य देवराज राई, पूर्व गाउँपालिका अध्यक्ष गजेन्द्र्र वहादुर खड्का, स्थानीय नेताहरु, खानेपानी अध्यक्ष, वन समुदायका अध्यक्ष, क्याम्पसका शिक्षकहरु र विद्यार्थीरुको उल्लासमय उपस्थित रहेका थिए । उपस्थित सम्पूर्णलाई सोहि क्याम्पसका शिक्षक टेकराज रिखाम मगरले स्वागत तथा धन्यवाद व्यक्त गरेका थिए ।