Thursday, August 13News That Matters

मुर्दाबाद भन्दै मतदाताले लखटे उम्मेदवार

पूर्णपुष्टि, बैशाख २१
उदयपुरको कटारी नगरपालिकामा मतदाताले एमालेका उम्मेदवारलाई लखटेका छन ।
आज बैशाख २१ गते बिहान उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ मा एमालेबाट वडा अध्यक्षमा उमेदवार दिएका चिनविर दनुवार कटारी हुँदै सिम्लेमा भोटमाग्दै पुगेका थिए। एमालेको चुनाव प्रचार प्रसार अभियानमा वडाध्यक्षका उम्मेदवार चिनबिरलाइ देख्ने बितिक्कै चिनविरमाथी स्थानीयले आक्रोश पोखेका थिए । स्थानीयले नेकपा एमाले जिन्दवाद , चिनविर दनुवार मुर्दाबाद भन्दै नाराबाजी गरेका थिए । जग्गा लुटेरा भोट माग्न आएको भन्दै करिब ५०,६० जना स्थानिय जम्मा भई नाराबाजी गर्दै दनुवारलाई लखटेका थिए। स्थानीयले आफुबिरुद्द नाराबाजी गर्न सुरु गर्नसाथ आक्रमणमा पर्ने डरले चुनाबी प्रचारप्रसारमा ल्याएको गाडी चढी भागेका थिए ।