Thursday, May 7News That Matters

मृत्यु हुने शिक्षककाे माेतिगडाकाेस्थित हेल्थ केयरमा तीनिदिन बसेर उपचार, हाल हेल्थ केयर सील

पूर्णपुष्टि, भदौ १२ ।

कोरोनाको कारण मृत्यु भएको उदयपुरको शिक्षकले त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित राजेश हेल्थ केयर सेन्टरमा तीनदिन बसेर उपचार गराएको पाइएको छ ।

गत भदौ ४ देखि ६ गतेसम्म बसेर उपचार गराएको र निको नभए पछि थप उपचारका लागि काठमाडौं लगिएको बुझिएको छ । त्रिनपा ४ मिलनचौक गाउँ निवासी ५२ वर्षिय शिक्षकको काठमाडौ. त्रिवी हस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिए पछि मोतिगडाको उक्त स्वास्थ्य संस्था शिल गरिएको छ ।

त्यहाँबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरिएको छ । उक्त संस्थाको चिकित्सकहरु र केही समय यता उपचारका लागि आएका सर्बसाधारणहरु सबै कन्ट्राक टे«सिङमा परेका छन् ।

उक्त स्वास्थ्य संस्था स्वयमले  पनि  अाज विज्ञप्ती जारी गरी त्यहाँबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द भएको जनाएको छ । साथै त्यहाँबाट केहीदिन यता सेवा लिएका सर्बसाधारणलाई पनि स्वास्थ्य परिक्षण गराउन र होम क्वारेन्टाइनमा बस्न आव्हान गरेको छ ।

विज्ञप्तीमा शिक्षकले घर नजिकै रहेकाे नाताले हेल्थ केयरमा अाएर शिक्षकले उपचार गराएकाे र त्यहाँ ठीक नभएपछि बाहिर लगेकाे जनाएकाे छ । काेराेना कै कारणा उनकाे मृत्यु भएकाे खबर अाएपछि सबै सतर्क र सुरक्षित हुनु पर्ने अवस्था अाएकाे भन्दै सबैलाइ हाेम क्वारेन्टाइनमा बस्न अाव्हान गरिएकाे छ ।