
पूर्णपुष्टि,असार १२ । उदयपुर गाईघाटमा जारी २३औ लालशेर राई स्मृति मेयर कप फुटबल प्रतियोगिताको चौथौ दिनको दोस्रो खेलमा आयुव राईको निर्णायक गोलले वडा नम्बर ११ बिजयी भएको छ । मंगलवार सझँको करिव ४ः४५ देखि सुरु भएको खेलमा वडा नम्बर ३ मोतिगडालाई १–० गोलले पराजित गर्दै वडा नम्बर ११ बिजयी भएको हो ।

गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो खेलको पहिलो हाफको २३औँ मिनेटमा गोल गर्दै आयुवले उत्कृष्ट गोल गर्दै ११ वडालाई अग्रता दिलाएका थिए । खेलको सुरुवातमै दुवै टिमका तर्फबाट काउन्टर अट्याकिङ खेल प्रदर्शन भएको थियो ।

त्यसपछि दुवै टिमवाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैवाट पनि गोल हुन सकेन । अन्ततः खेल १–० मा नै टुंग्याउँदै वडा नम्बर ११ बिजयी भयो । प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ११का आयुव राईले नगद रु १००० प्राप्त गरेका छन् ।
भोली हुँने खेलमा वडा नम्बर १३ संग वडा नम्बर ८ ले पहिलो खेल खेल्ने र दोस्रो खेल वडा नम्बर १२ ले वडा नम्बर ५को सामना गर्ने म्याच कमिस्नर उदय राईले जानकारी बताए ।
