Wednesday, June 17News That Matters

मैत्रीपूर्ण खेल पछि नेपाली टोली स्वदेश फिर्ता

पूर्णपुष्टि,फागुन ७ । नेपाली महिला फुटबल टिम भारतसँग २ वटा मैत्रीपूर्ण फुटबल खेल पछि स्वदेश फर्केको छ । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेको हो ।

भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २(२ को बराबरीमा सकिएको थियो । पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।