
पूर्णपुष्टि, माघ १७
मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा कालिका नगरपालिका–१ घर भएका २८ वर्षीय राशन डुम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
डुम्जनलाई वीरगञ्ज महानगरपालिका–१२ स्थित सानो पाइला भोजनालयबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले २१ वर्षीय कृष्णकुमार साहको नाममा दर्ता रहेको ना.५३ प ४२८५ नम्बरको हरियो २०० सीसीको पल्सर मोटरसाइकल पार्किङ गरेको अवस्थामा लक टुटाएर भाग्न खोजेका थिए ।

