Friday, May 1News That Matters

मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु, २ जना घाइते

पूर्णपुष्टि, चैत २९ गते ।
मोटरसाइकल दुर्घटनामा परी चार महिने शिशुको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन् । भक्तपुरको नलिञ्चोकमा साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिलाकी छारी लोसाङ डोल्लमाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएको शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।