Thursday, June 11News That Matters

मोटरसाईकल चोरी गरेको आरोपमा युवक पक्राउ

पूर्णपुष्टि, फागुन १३ गते । झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट मोटरसाईकल चोरी गरेको आरेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन ।

हिजो साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका–४ स्थितमा अर्जुनधारा–५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी भएको थियो । चोरी भएको मोटरसाईकल लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।