Monday, April 20News That Matters

मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

पूर्णपुष्टि, असोज २३
झापा अर्जुनधारा नगरपालिका–२ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै ज्यान गएको छ । मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका–६ का ३० वर्षीय निरज तामाङको दुर्घटनामा ज्यान गएको हो ।

हिजो बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।