Wednesday, June 17News That Matters

मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

पूर्णपुष्टि, माघ २३ गते । सुनसरीको ईटहरी उप–महानगरपालिका–४ कोशी लोकमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा आखिभुई ८ घर भई ईटहरी–२ हलगडा बस्दै आएका २७ बर्षीय सरोज कार्की रहेका छन् ।

हिजो साँझ साढे ७ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा कार्की घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा धरान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल चालक संखुवासभा धर्मदेविका ३० बर्षीय प्रेम शेर्पा तत्काल फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।