Monday, June 1News That Matters

मोतिगडा क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतना

पूर्णपुष्टि, २७ चैत्र ।
उदयपुरकै प्रतिष्ठित तथा पुरानो त्रियुग जनता बहुमुखी क्याम्पस मोतिगडामा लागु औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । क्याम्पसकै मुख्य आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको सह–आयोजना र जिल्ला प्रहरी कार्यालय उदयपुरको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनको असर र यसबाट हुने क्षतीबारे बुझाईएको छ । पछिल्लो समय धेरै युवा युवतीहरु दुव्र्यसनको सिकार भएको भन्दै विद्यालय स्तरमै यस्को चेतना प्रभाह गर्नु पर्ने उदेश्यले क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको क्यामपस प्रमुख डा. कोईलाश राईले जनाए ।

राईले विद्यालयमा सिकाईएका कुराहरु प्रभावकारी हुने समेत जनाएको छ । विद्यार्थीहरु एक असल र इमान्दारी अवस्थाको रुपमा रहने भन्दै उनिहरुले सिकेका कुराहरु कार्यन्वयन हुने र अन्य व्यक्ति, समुदाय र समाजमा समेत आफ्नो अनुभवलाई लागु गर्न प्रभावकारी भुमिका खेल्ने राईको भनाई छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले पछिल्लो समय लागु औषध दुव्र्यसनलाई नियन्त्रण गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत मोतिगडा क्याम्पसमा समेत यस अभियानलाई जोड्न पाउँदा लागु औषध दुव्र्यसन न्युनिकरणमा आफुहरुलाई थप सहयोग पुग्ने जनाए ।