
पूर्णपुष्टि, चैत्र ९ । त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेको अव्यवस्थित तरकारी बजारलाई व्यवस्थापन गरिएको छ । सडक साईडमा अव्यवस्थित रहेको बजारलाई भित्र सुरक्षित र व्यवस्थत स्थानमा सारिएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त साँझेदारीमा बजार व्यवस्थित गरिएको हो । मोतिगडामा तरकारी बजार सडक छेउमा राख्नाले अव्यवस्थित थियो । अहिले उक्त बजारलाई दिर्घकालिन व्यवस्थित गरिएको छ । त्रियुगा नगरपालिकाको १० लाख बजेटमा रामजानकी मन्दीर (ए) को करिब डेड बिघा जग्गाको १५ कठ्ठामा भाडामा लिएर तरकारी बजार व्यवस्थित गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम चौधरीले जनाए । तरकारी बजार सँगै त्यस ठाउँमा अटो टेम्पुहरु समेत पार्किङका लागि ठाउँ व्यवस्थित गरिएको चौधरीले जनाए । हाल ८ कठ्ठा जनिम तरकारी बजार र पार्किङका लागि प्रयोगमा आएको छ ।


