Thursday, June 11News That Matters

म्यान्चेस्टर सिटि च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

पूर्णपुष्टि, चैत १ । यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यान्चेस्टर सिटिले जर्मन क्लब आरबी लाइपजिगमाथि फराकिलो जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । सिटिको घरेलु मैदान इतिहादमा गएराति भएको दोस्रो लेगमा लाईपजिगलाई ७–० गोलले पराजित गरेको हो भने समग्रमा सिटिले ८–१ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

सिटिको जितमा एर्लिङ हालान्डले किर्तिमानी पाँच गोल गरे भने गुन्डोगान र ब्रुएनाले एक÷एक गोल गरे । यसअघि भएको पहिलो लेगको खेलमा १–१ गोल बराबरीमा सकिएको थियो ।

हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन् । यसअघि अर्जेन्टिनाका मेसी र ब्राजिलका लुइस एड्रियानोले एकै खेलमा पाँच गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र सिटीबाट एकै सिजन ३९ गोल गर्ने खेलाडीसमेत बनेका छन् ।