Monday, April 20News That Matters

युद्धका कारण खाडी मुलकका लागी स्थगित गरिएको श्रम स्वीकृत पुन:खुला

पूर्णपुष्टि, बैशाख ७ । सरकारले इरान–इराक युद्धका कारण खाडी मुलुकका लागी स्थगित गरेको श्रम स्वीकृत पुन:खुला गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले इरान युद्धका कारण पश्चिम एसियाली क्षेत्रमा उत्पन्न विषम परिस्थितिका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले फागुन १७ गते ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी प्रतिबन्ध लगाएको थियो ।

मन्त्रालयको निर्णयसँगै अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत अवस्थामा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परिस्थितिमा सुधार आएसँगै श्रमिकहरूको हित र मागलाई ध्यानमा राखी पुनः श्रम स्वीकृति खुला गरिएको विभागको सूचनामा उल्लेख छ ।

अन्य देशहरूको हकमा श्रम स्वीकृति पूर्ण रूपमा खुला गरिए पनि इराकको सन्दर्भमा भने मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय बमोजिम नै हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।