Wednesday, July 1News That Matters

युरोपेली च्याम्पियन लिगमा जर्मन क्लवको जित

पूर्णपुष्टि, फागुन १४ गते । 

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो खेलमा जर्मन क्लव बायर्न म्यूनिकले जित हात पारेको छ । ईङ्गिलस क्लव चेल्सीको घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा जर्मन क्लब बायर्न म्युनिकले चेल्सीलाई ३–० गोले  पछि पार्दै जित हात पारेको हो ।

खेलको ५१औँ र ५४औँ मिनेटमा जर्मन क्लवका ग्नाब्रीले गोल गरे भने ७६ औँ मिनटमा अर्का खेलाडी लेवान्दोस्कीले एक गोल गर्दै टिमलाई जित दिलाएको थियो ।