Sunday, June 28News That Matters

युरोपेली सङ्घका सदस्य राष्ट्रले १० करोड खोप पाउने

पूर्णपुष्टि, फागुन २५

आगामी अप्रिलदेखि युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले मासिक १० करोड डोज खोप पाउने भएका छन् ।

सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको युरोपेली सङ्घले जनाएको छ ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको जनाईएको छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्रोजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको जनाईएको छ । युरोपेली सङ्घअन्तर्गत रहेको २७ देशमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।