Monday, April 20News That Matters

यौणशोषणको आरोप लागेका उदयपुरका कानुन व्यवसायी केसी एक लाख धरौटीमा छुटे

पूर्णपुष्टि, कार्तिक १२
महिला बन्धक बनाई यौणशोषण गरेको आरोपमा पक्राउ परेका उदयपुरका कानुन व्यवसायी (वकिल) किरण केसी १ लाख धरौटीमा रिहा भएको छ । करिब २५ दिन हिरासत बसेका केसीलाई अदालतलते १ लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई १० बर्ष देखि एक विवाहित महिलालाई यौणशोषण गरेको आरोपमा प्रहरीले असोज १८ गते पक्राउ गरेको थियो । महिलाले आफुलाई

बिबाह गर्ने देखि अन्य बिभिन्न प्रलोभनमा पारी यौणशोषण गर्दै आएको प्रहरीमा उजुरी दिएपछि वकिल केसीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो । बिहीबार भएको थुनछेक बहसमा आरोपित सुमन भनिने किरण केसीलाई जिल्ला अदालत उदयपुरले १ लाख रकम धरौटी रकम तिरेर रिहा गर्न आदेश दिएको हो ।महिलाको उजुरीको आधारमा पक्राउ परी अदालत पेश गरिएका वकिल केसीउपरको पूर्ण फैसला बढीमा ६ महिनाभित्र हुने जिल्ला अदालत उदयपुरका श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । प्रहरीले अनुसन्धान गरी पठाएको मिसिल अध्ययन गर्दा पूर्पक्षमा पठाउनुपर्ने नदेखिएकाले तत्कालका लागि जमानतमा छाडीएको कार्कीले बताए ।

उदयपुरको बेलका नगरपालिका रामपुर ठोक्सिला स्थायी ठेगाना भएका कानुन व्यवसायी केसीलाई उनी आफै कार्यरत जिल्ला अदालतबाट आफूमाथि लागेको आरोपबारे थुनछेक बहस चलेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार केसी असोज १८ गते पक्राउ परेका थिए । अनुसन्धान पूरा भएपछि प्रहरीले मिसिल जिल्लास्थित सरकारी वकिल कार्यालय हुँदै अघिल्लो दिन (कात्तिक १० बुधबार) अदालत पठाएको थियो ।