Friday, May 15News That Matters

राप्रपा उदयपुरका दुई पूर्व जिल्ल्ला अध्यक्ष केसी र चौधरी सहित १७ जनाले छाडे पार्टी

पूर्णपुष्टि, फागुन ३
राप्रपा उदयपुरका पूर्व जिल्ला अध्यक्ष दत्तनारायण केसी र लल्कु कुमार चौधरी सहित १७ जनाले पार्टी परित्याग गरेको छ । केसी र चौधरीसँगै पार्टी परित्याग गर्नेमा पुर्व जिल्ला कमिटी सचिबद्धय नवराज पोखरेल, जगतबहादुर राउत रहेका छन् । उनीहरु दुबै जना तथा हालका जिल्ला सदस्य पनि हुन् ।

त्यसैगरी त्रियुगा नगर कमिटी अध्यक्ष तथा हालका जिल्ला रामकुमार कटुवाल, सदस्य लिला कार्की, तरबहादुर खत्री, लिम्चुङ्गबुङ्ग गाउँपालिका कमिटीका कमल थापा लगायत रहेका छन् । केसी २०६६ असोज १४ गतेको अधिवेशनबाट लगातार दुई कार्यकाल जिल्ला अध्यक्ष भएका हुन् ।

केन्द्रिय सदस्य तथा कार्यसम्पादन समितिको सदस्य समेतको जिम्वेवारी सम्हालीसकेका केसी हाल केन्द्रिय महाधिवेशन प्रतिनिधि र जिल्ला कमिटीको प्रमुख सल्लाहकार छन् । सामुहिकरुपमा १७ जनाले पार्टी परित्याग गरेपनि सबैको हस्ताक्षर गर्न तत्काल सम्भव नभएकाले २५ जनाको पुनःविज्ञप्ति निकाल्ने तयारी भैरहेको केसीले बताए ।

पार्टीभित्र व्यक्तिवादी प्रथा हावी हुँदै गएको भन्दै पुर्वअध्यक्ष दत्तनारायण केसी, लल्कुकुमार चौधरीसहित १७ जना नेता कार्यकर्ताले एकैसाथ पार्टी परित्याग गरेका हुन् । सामुहिकरुपमा प्रेसविज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी गतिविधिमा आएको टुटफुटले सिधासोझा, इमान्दार कार्यकर्तामा विचलन आएको भन्दै साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘पार्टी गतिविधमा भएका उत्तरचढाव, टुटफुट, गुट र व्यक्तिबादी हाविले इमान्दार, कर्मठ, निष्ठावान कार्यकर्तामा विचलन आएको र क्रमश पाखा लाग्ने स्थिति पैदा भएकाले राप्रपमा रहिरहन योग्य नभएकाले सामुहिकरुपमा परित्याग गरेका छौ ।

सामुहिक पार्टी परित्याग गर्ने अधिकांस निवर्तमान केन्द्रिय अध्यक्ष कमल थापा निकट हुन् । अध्यक्ष थापाले पार्टी परित्याग गरी राप्रपा नेपालमा समाहित भएपछि केसी नेतृत्वको समुह निरास हुँदै आएको छ । राप्रपा त्यागेका उनीहरु थापाको नयाँ पार्टीमा नजानेसमेत घोषणा गरेका छन् ।