
पूर्णपुष्टि, जेठ ३२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले टि–२० विश्वकपमा नेपालले बनाउने हरेक एक रन बराबरको एक रुख रोप्ने भएको छ ।
युवा सङ्गठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले वातावरण संरक्षण राप्रपा युवा सङ्गठनको प्रमुख मुद्दा रहेको बताएका छन् । यसका साथसाथै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पनि उत्कृष्ट प्रदर्शनको निम्ति उनले शुभकामना समेत दिएका छन् । नेपालले शनिबार बिहान टी २० विश्वकपमा समुह चरणको तेस्रो खेल दक्षिण अफ्रिकासँग खेल्दैछ ।
