Wednesday, April 22News That Matters

राष्ट्र बैंकको नयाँ मौद्रिक नीति : निजी क्षेत्रमा कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य

पूर्णपुष्टि, साउन ११ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नयाँ नीतिमा निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशतले बढाउने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ।

गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नीतिगत दरहरू घटाउँदै निजी क्षेत्रतर्फको कर्जा विस्तारलाई १२ प्रतिशतमा कायम गरेको बताए । साथै, मुद्रास्फितिलाई ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइएको छ। नयाँ मौद्रिक नीतिमा निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ। सीआरआर र एसएलआरमा कुनै परिवर्तन नगरी यथावत राखिएको छ। यी नीतिहरू गत आर्थिक वर्षको तुलनामा बढी लचिलो रहेको देखिन्छ। राष्ट्र बैंकले चालु आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै यस्तो नीति लिएको हो।