
पूर्णपुष्टि, भदौ २९ गते ।
राष्ट्रि बैंकले बुधवारबाट सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ । अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट साट्ने सुविधा पाउने छन् ।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक÷एक बण्डल नयाँ नोट पाउने भएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट साट्ने सुविधा पाउने छन् ।
दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ ।
गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा साटिएको थियो ।

