Thursday, May 21News That Matters

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत घुस सहित पक्राउ

पूर्णपुष्टि, जेष्ठ २६ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगले मेडिकल ल्याब टेक्नोलोजिष्ट (छैठौ तह) का लेखनाथ भट्टराईलाई ५० हजार घुस सहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस लिईसकेको अवस्थामा उनलाई काठमाडौंको शंखमुलबाट आज शुक्रबार पक्राउ गरिएको दाहालले बताए । उनका अनुसार अधिकृतले घुस माग गरिरहेको भन्ने सुचना एवंम उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरिएको हो । पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।